Techie IT
×
गृहपृष्ठअर्थनुवाकोटमा २ लाख ३७ हजार मतदाता कायम

नुवाकोटमा २ लाख ३७ हजार मतदाता कायम

मतदान स्थल १ सय ३२ र मतदान केन्द्र २ सय ८७ कायम


बिदुर/जिल्ला निर्बाचन कार्यालय नुवाकोटले नुवाकोटको १२ वटै स्थानिय तहको मतदाता नामावली प्रकाशन गरेको छ ।
मतदाता नामावली सँगै, मतदान केन्द्र, मतदान स्थल समेत तोकेको छ । १२ वटै स्थानिय तहको मतदाता नामावली संकलन पस्चात वडा वडामा दाबि बिरोधको लागी नामावली टाँस गरेको थियो । त्यस पस्चात आयोगले मतदानमा कायम रहने नामावली प्रकाशन गरेको हो । बैशाख ३० गते तोकिएको स्थानिय तहको निर्बाचनमा हाल प्रकाशन भएको नामावलीमा नाम रहेकाहरुले मात्रै मतदान गर्न पाउने छन् । तोकिएको मतदान केन्द्र र मतदान स्थलमा गएर मतदान गर्नुपर्ने जिल्ला निर्बाचन कार्यालय नुवाकोटका प्रमुख जयप्रसाद गौतमले जानकारी दिनु भयो ।

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नुवाकोटका २ लाख ३७ हजार ४ सय ३४ जनाले मताधिकार गर्न पाउनेछन् ।
निर्वाचन आयोगले मतदाता नामावली ऐन बमोजिम गत माघ २४ गतेसम्म नामावली दर्ता गराएका र वैशाख २९ गतेसम्म १८ वर्ष उमेर पूरा हुने नेपाली नागरिकको नामावली मतदानका लागि स्वीकृत गरेको हो। स्वीकृत गरेको मतदाता नामावली अनुसार नुवाकोटका १ लाख २२ हजार ४ सय २ जना पुरुष, १ लाख १५ हजार २९ जना महिला र तेश्रो लिङ्गी ३ जनाले मताधिकार प्रयोग गर्न पाउनेछन् ।

यस्तै नुवाकोटको १२ स्थानीय तह मध्ये सबैभन्दा बढी विदुर नगरपालिकामा र सबै भन्दा कम किस्पाङ गाउँपालिकामा मतदाता रहेका छन् । जिल्ला निर्बाचन कार्यालय नुवाकोटका अनुसार नुवाकोटको ककनी गाँउपालिका २१ हजार ८ सय ९७ जना मतदाता ११ मतदान स्थल र २५ मतदान केन्द्र तोकिएको छ ।

यस्तै, किस्पाङ गाँउपालिका १२ जार १ सय ६१ जना मतदाता ६ मतदान स्थल र १५ मतदान केन्द्र, तादी गाँउपालिका १५ हजार ३ सय ६० जना मतदाता ७ मतदान स्थल र १९ मतदान केन्द्र, तारकेश्वर गाँउपालिका १४ हजार ९ सय ६३ जना मतदाता ८ मतदान स्थल र १९ मतदान केन्द्र रहेका छन् ।

यस्तै, दुप्चेस्व गाँउपालिका १७ हजार ३ सय ७५ जना मतदाता १५ मतदान स्थल र २३ मतदान केन्द्र, पञ्चकन्या गाँउपालिका १४ हजार ९ सय ६४ जना मतदाता ६ मतदान स्थल र १७ मतदान केन्द्र तोकिएको छ । बेल्कोटगढी नगरपालिका ३३ हजार ४ सय ८१ जना मतदाता १६ मतदान स्थल र ४० मतदान केन्द्र, म्यागङ गाँउपालिका १२ हजार ५ सय ७८ जना मतदाता ८ मतदान स्थल र १६ मतदान केन्द्र रहेका छन् ।

लिखु गाँउपालिका १५ हजार ४ सय ६८ जना मतदाता ७ मतदान स्थल र १७ मतदान केन्द्र, बिदुर नगरपालिका ४४ हजार १ सय ७९ जना मतदाता २६ मतदान स्थल र ५४ मतदान केन्द्र, शिबपुरी गाँउपालिका २० हजार ४ सय ८१ जना मतदाता १२ मतदान स्थल र २४ मतदान केन्द्र र सुर्यगढी गाँउपालिका १४ हजार ५ सय २७ जना मतदाता १० मतदान स्थल र १८ मतदान केन्द्र तोकिएको जिल्ला निर्बाचन कार्यालय नुवाकोटले जनाएको छ । यस्तै, नुवाकोटको ककनी, शिबपुरी र दुप्चेस्वर गाँउपालिकामा १÷१ जना तेश्रो लिङगी समेत रहेका छन् ।

निर्वाचन आयोगले मतदाता नामावली ऐन बमोजिम गत माघ २४ गतेसम्म नामावली दर्ता गराएका र वैशाख २९ गतेसम्म १८ वर्ष उमेर पूरा हुने नेपाली नागरिकको नामावली मतदानका लागि सार्वजनिक गरेको हो । नुवाकोटमा मतदान स्थल १ सय ३२ र मतदान केन्द्र २ सय ८७ कायम गरिएको निर्वाचन आयोगले जनाएको छ ।

यस अघि, निर्बाचन आयोगले नुवाकोटको १२ वटै स्थानिय तहमा निर्बाचन अधिकृत र मुख्य निर्बाचन अधिकृत तोकि सकेको छ । निर्बाचन आयोगले राजपत्राङकृत दोश्रो श्रेणिका अधिकृतहरुलाई निर्बाचन अधिकृतको रुपमा स्थानिय तहमा खटाएको छ । मुख्य निर्बाचन अधिकृतको रुपमा सम्बन्धित जिल्ला न्यायधिसहरुलाई जिम्मृवारी दिएको छ । यसका साथै, न्याय क्षेत्र, संघिय मामिला तथा स्थानिय बिकास मन्त्रालय, सत्यनिरुपण आयोग, न्यायिक प्रशासन लगायतका क्षेत्रमा कार्यरत रहेका दोश्रो श्रेणिका अधिकृतहरुलाई निर्बाचन अधिकृतमा प्राथमिकतामा राखेको छ ।

यसै, गरि जिल्ला निर्बाचन कार्यालय नुवाकोटले जिल्लामा रहेका संघ, प्रदेश र स्थानिय तहमा कार्यरत रहेका कर्मचारीहरुको बिवरण समेत संकलन गरिसकेको छ । निर्बाचनका लागी मतदान केन्द्रमा कर्मचारी खटाउनको लागी जिल्लामा रहेका सबै कार्यालयहरुबाट कर्मचारी बिवरण संकलन गरेको जनाएको छ । संकलन भएको बिवरण अनुसार आयोगले उनिहरुलाई छनौट गरि मतदान केन्द्रको आबाश्यक निर्बाचन सामाग्री सहित कार्यक्षेत्र तोकेर खटाउने छ ।



तपाईको प्रतिक्रिया