Techie IT
×
गृहपृष्ठप्रदेशबाग्मती प्रदेशराप्रपा नुवाकोटको प्रतिबद्धतापत्र सार्बजानिक

राप्रपा नुवाकोटको प्रतिबद्धतापत्र सार्बजानिक


व्यवस्थापिका संसद्को चौथो ठूलो शक्ति राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तहको निर्वाचनको लागि नुवाकोटमा प्रतिबद्धता पत्र सार्बजानिक गरेको छ ।

पार्टि कार्यालय बिदुरमा पत्रकार सम्मेलन गर्दै राप्रपाले प्रतिबद्धता सार्बजानिक गरेको हो । ‘राप्रपाको अभियान सकारात्मक परिर्वतन, राष्ट्रियता, हिन्दुराष्ट्र, विकास र सुशासन’ नारा दिइएको घोषणा पत्रलाई पार्टीले ‘संकल्प पत्र’को संज्ञा दिएको छ । राप्रपाले सनातन हिन्दु राष्ट्र राज संस्था सहितको लोकतन्त्र सुदृढ स्थानीय स्वायत्त शासन प्रणाली र आर्थिक उदारवादलाई प्रमुख वैचारिक आधार स्तम्भ बनाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टि नुवाकोट अध्यक्ष कुलबहादुर खड्गिले जिल्लामा प्रसितबद्धता पत्र सार्बजानिक गर्दै संवैधानिक व्यवस्था अनुरूप सहकार्य गरी निर्वाचनबाटै एजेण्डा स्थापित गर्ने र सबै जनतामाझ पुग्ने लोकप्रिय प्रतिबछता पत्र सार्बजानिक गरेको हो ।

राजनीतिक दलहरु सिद्धान्तबाट विचलित बनेको भन्दै उहाँले यो संकटबाट देशलाई मुक्त गराउन बलियो प्रजातान्त्रिक शक्ति राप्रपा बन्ने पनि दाबी गर्नु भएको छ । स्थानीय तहमा राष्ट्रिय भावना वृद्धि गराउने पाठ्यक्रम निर्माण गरी पठनपाठन गराउने, धार्मिक तथा सांस्कृतिक विभेद नगर्ने र माध्यामिक तहमा नैतिक शिक्षालाई जोड दिने पत्रमा उल्लेख छ ।

राप्रपा नुवाकोट अध्यक्ष कुलबहादुर खड्गी

पत्रकार सम्मेलनमा राष्ट्रिय प्रजातन्त्र पार्टिका केन्द्रिय सह महामन्त्रि क्रनक प्याकुरेलले आसन्न स्थानिय तहको सिनर्बाचनमा सबै राजनितिक दलहरु एक्ला एलै निर्बाचनमा जान सक्नु पर्ने बताउनु भयो । पद र प्रतिष्ठााके लागी गठबन्धन तयार पर्नु राज्यको लागी समेत घातक हुने बताउदै सबै राजनितिक दलहरु एक/एक गरेर निर्बाचनमा सहभागी हुनु पर्ने उल्लेख र्गाुभयो । पछिल्लो समय राप्रपा को सँग गठबन्धन गर्ने भन्ने बिषयमा केन्द्बाटनै निक्र्यौल हुने भन्दै जिल्ला तहमा आफ्रनै चुनाबि तयारी गरिरहेको उल्लेख गर्नुभयो ।

राप्रपा केन्द्रिय सहमहामन्त्रि झनक प्याकुरेल

राप्रपाले नुवाकोटमा सार्बजानिक गरेको प्रतिबद्धता पत्रमा गरिबी हटाउने योजना, आवास, स्वास्थ्य शिक्षा र रोजगारीलाई प्राथमिकतामा राखिएको छ । सुतकेरी महिलाहरुलाई ३ महिना सम्म मासिक २ हजार रुपैयउाँ पोषण धक्ता, सबे स्थानिय तहमा १० देखि १५ बेडको अस्पताल निर्माण, हाल राज्यले उपलब्ध गराएको भन्दा थप २० युनिट बिद्यूत निशुल्क उपलब्ध गराउने, प्रत्यक बिद्यालयमा कम्प्युटर शिक्षा अिनिबार्य गर्ने लगायतको जनाएको छ ।

यस्तै, राप्रपाले संबैधानिक राजतन्त्र र हिन्दु राष्ट्रको नारालाई मजबुत बनाएको छ । यता, नुवाकोटमा राप्रपामा आकर्षण समेत बढेको छ । नुवाकोटको १२ स्थानिय तह सहित ८८ वटै वडामा पार्टि कार्यालय स्थापना भैसकेको छ । यस अघिको निर्बाचनमा नुवाकोटकोलिखु गाँउपालिका वडा नम्बर ४ मा वडा अध्यक्ष देखि सबै सदस्यहरु राप्रपाबाट निर्बाचित भएका थिए । हालको निर्बाचनमा स्थानिय तहमानै निर्बाचित हुने राप्रपा नुवाकोटले जनाएको छ । पार्टिमा बढेको आकर्षण र अरु पार्टिसँगको गठबन्धनले स्थानिय तहाके निर्बाचनमा नतिजा सुखद आउने राप्रपा नुवाकोटले जनाएको छ ।



तपाईको प्रतिक्रिया