Techie IT
×
गृहपृष्ठअर्थसामाजिक कामले सन्तुष्ट मिल्छ : खड्का

सामाजिक कामले सन्तुष्ट मिल्छ : खड्का


शुसिल खड्का अर्थात समाजसेबि नामले परिचित एक युवा । जो दुप्चेश्वर गाँउपालिकामा जन्मिनु भएको हो । निस्वार्थ भाबले समाजिक कार्यमा अनबरत रुपमा खटिरहने सामाजिक अभियान्ताको परिचय बनाउनु भएका उहाँले कुनै पनी लाभको पदमा रहन आबाश्यक नरहेको बताउछन् । नेपाली काँग्रेसमा आबद्ध रहेता पनी उनि अहिले सम्म कुनै पनी लाभको पदमा रहनु भएको छैन् । साथै, लाभको पदमा आफु नरहने बताउदै आएका छन् ।

नेपाली काँग्रेस नुवाकोट निर्बाचन क्षेत्र नम्बर १ को प्रदेश सभा निर्बाचन क्षेत्र क को सभापती भएता पनी आफुलाई सामाजिक अभियान्ताको रुपमा स्थापित गर्दै आउनु भएको छ । नेपाली काँग्रेस नुवाकोटका युवा नेता सुशिल खड्काले बिगत लामो समय देखि ‘समुदाय सहयोग कार्यक्रम’ सञ्चालन गर्दै आएका छन् । अभियाननै बनाएर उनले सुरु गरेको यो कार्यक्रममा शिक्षा, स्वास्थ्य तथा दैनिक जीवन यापनमा समेत नागरिकहरुलाई सहयोग प्रदान भइरहेको छ ।

आफ्नै व्यक्तिगत खर्च र फजुल खर्च बन्द गरेर गाउँघरका नागरिकहरुलाई सहयोग गर्न लागिपरेका उनी नुवाकोटका विभिन्न क्षेत्रका विद्यालयमै पुगेर उनले पछिल्लो समय शैक्षिक सामाग्री, कपडा, ओढ्नेओछ्याउने बोकेर घर घर पुगिरहेका छन् । उनीलाई सहयोग गर्नुपर्छ भन्ने लागेको ठाउँ र व्यक्तिलाई उनले आफ्नै सम्पत्ति बेचेर पनि सहयोग गरेका छन् । विपन्न परिवारलाई खाद्यान्न, पिउने पानी र सिञ्चाईमा समस्या भोगिरहेकाहरुलाई खानेपानीका पाइपनै बोकेर पनि उनी टोलटोलमा पुग्छन् ।

पछिल्ल्लो समय खड्काले नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नम्बर ७ शिखरबेसीमा एकै दिन झण्डै ८ सय विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेका छन् । स्थानीय वच्छला माविका ३ सय ९२ जना, कोटबारी विद्यालयका ८६ जना, शिखरबेसी आप्राविका सय १६१ जना, चनभुमे आप्रावि का ८० जना, कृष्ण आप्रावि का ७० जना र नवोदय आप्रावि का १४ जना विद्यार्थीलाई विद्यालय पोशाक खड्काले हस्तान्तरण गरेका हुन् । साथै उनले बच्छला माविलाई नगद ५० हजार रुपैयाँ समेत प्रदान गरेका छन् ।

विद्यालयमा बालबालिकालाई सहयोग गर्ने देखि अस्पतालमा बिरामी भएर उपचार गरिरहेकाहरुलाई समेत सहयोग गर्न पुग्ने नेता खड्का नेता आफ्नो यो समुदाय सहयोग कार्यक्रम जारी रहने बताउँछन् । उनी आफ्नो जन्मस्थल र राजनीतिक कर्मस्थल भएकोले विशुद्ध सामाजिक भावनाले सहयोग गरिरहेको भन्दै आफ्ना मान्छेहरुलाई परेको अप्ठ्यारोमा जुनकुनै मुल्यमा पनि सहयोगी बन्ने सुनाउँछन् । ‘सहयोग गर्दा उहाँहरुको महशुस गर्ने आनन्दले मलाई खुसी बनाउछ’ खड्काले भने ।

पछिल्लो समय उनलाई दुप्चेश्वर गाँउपालिकाको अध्यक्षको रुपमा समेत काँग्रेसले नै चर्चा गर्न थाले पछी सामाजिक सञ्जाल मार्फत आफु बिशुद्ध सामाजिक कार्यमा मात्रै रहदै आएकोपुष्टि गर्नु परेको छ । आफु गापा अध्यक्षको उम्मेद्धवार नहुने प्रष्ट पादै उनले आफुलाई सामाजिक कार्यबाट बिचलित नबनाउन आग्रह गरेका छन् ।

सबै क्षेत्रमा परेको समस्या समाधान गर्न उनि आफै समस्यामा रहेका नागरिकहरुको घरघरमा पुग्ने गरेका छन् । ब्यक्तिगत रुपमानै खर्च गरेर बिभिन्न समुदायका नागरिकहरुलाई सहयोग प्रदान गर्दै आएका छन् । शुसिल खड्का आफ्नै पारिवारिक र ब्यबसायिक श्रोतबाट भएको आम्दानीको हिस्सालाई सामाजिक क्षेत्रमा लगानी गर्दे आएका छन् । संघ संस्था, शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगारि लगायतको कुनै पनी क्षेत्रमा समस्या परेमा खड्का त्याहाँ पुग्ने गरेका छन् । दुप्चेश्वर गाँउपालिकामा मात्रै नभई पछिल्लो समय उनले नुवाकोटको बिभिन्न भुागमा पुगेर समस्यामा परेका ब्यक्तिहरुलाई आर्थिक, नैतिक तथा भौतिक सहयोग गर्दै आएका छन् ।



तपाईको प्रतिक्रिया