Techie IT
×
गृहपृष्ठपत्रपत्रिकाबिदुर १३ मा बिराजको संभाबना

बिदुर १३ मा बिराजको संभाबना


बिदुर/स्थानीय तहको निर्वाचन मिति नजिकिएसँगै नुवाकोटमा उम्मेद्धवारका आकाङिक्षहरु बढ्न थालेका छन् ।
लामो समय देखि बिभिन्न पार्टिको राजनितिमा शक्रिय र्भकाहरु अहिले स्थानिय तहको निर्बाचनमा उम्मेद्धवार बन्न लागी परेका छन् । पार्टिको बिभिन्न तहमा रहेर काम गथरिरहेका युवाहरु समेत अहिले जनप्रतिनिधि बन्न तँछाड मँछाड गर्दै अगाडी बढेका छन् । निर्बाचन मिति नजिकिएको र निर्बाचन आचारसंहिता लागु भएसँगै दलहरुमा चुनावि माहोल तातेको छ । अहिले दल र दलका नेता आफ्नो दाबी प्रस्तुत गरिरहेका छन । कतिपय स्थानमा सर्बसम्मत त कतिपय स्थानमा उम्मेदवार धेरै भएर आफ्नो उम्मेदवार बारे निर्णय गर्न दलहरुलाइ सकस पर्न थालेको छ ।

यसैबिच नुवाकोटको विदुर नगरपालिकामा पनि चुनावी माहोल तातेको छ । विदुरको विभिन्न वडामा विभिन्न दलको उम्मेदवारमा चर्चा परिचर्चा चल्ने क्रममा विदुर–१३ को नेपाली काङ्ग्रेसको तर्फवाट वडा अध्यक्षको उम्मेदवारमा युवा नेता बिराज तामाङको चर्चा सुरु भएको छ । गत स्थानीय तहको निर्बाचनमा नेपाली काँग्रेसबाट दलबहादुर तामाङ विजयी भएको वडामा वडा अध्यक्षमा बिराज तामाङको उम्मेदवारीमा बलियो दावी रहेको काङ्ग्रेस स्रोतले जनाएको छ । सामाजिक अभियानमा सक्रिय तथा स्वच्छ छवि बनाएको तामाङको वडा अध्यक्षमा उम्मेदवारीको चर्चाले स्थानीय काङ्ग्रेसीजन, युवाहरु उत्साही बनेका छन् । युवामाझ लोकप्रिउ रहनु भएका तामाङलार्य आसन्न स्थानिय तहको निर्बाचनमा बिदुर १३ को वडा अध्यक्षा बनाउन पर्ने युवाहरुकै सोच रहेको छ । काँग्रेस मात्रै ानभई अरु पवाटिलाई समेत एकबद्ध बनाएर लैजान सक्ने क्षमता र खुबी भएका तामाङको वडा अध्यक्षमा प्रबल संभाबना समेत बढ्दै गएकामे छ ।

बि.पि.को बिचारबाट प्रभावित हुँदै सक्रिय राजनीतिमा होमिनु भएका उहाँ २०६१ सालमा नेपाल तरुण दल बाट सक्रिय राजनितिमा प्रवेश गर्नुभएको थियो । २०६४ र ७० को निर्बाचनमा नेपाली काँग्रेसबाट नुवाकोटमा उम्मेद्धवा रहेका ब्यक्तिहरुलाई सहयोग गर्दै निर्बाचन केन्द्रित र युवा परिचालनमा खटिनु भएको थियो । २०७० को चुनाब मा नेपाली काँग्रेसका उम्मेद्धवारलाई जिताउन सक्रिय भुमिका खेल्नु भएका तामाङ अहिले आफै निर्बाचन प्रकृयामा होमिनु भएको छ । परिबर्तनको लागी युवा भन्ने नाराका साथ अहिले उहाँ निर्बाचन केन्द्रित अभियानमा खटिनु भएको छ । नेपाली काँग्रेसको १४ औ माधिबेसनमा प्रदेश प्रतिनिधिमा निर्बाचित तामाङ हाल नेपाली काँग्रेस निर्बाचन क्षेत्र न २ को प्रदेश सभा क्षेत्र ख को कोषाध्यक्षको रुपमा रहनु भएको छ । पार्टिको राजनितिमा समेत अब्बल बन्दै आउनु भएका उहाँलाई स्थानिय स्तरबाटनै नेतृत्वमा आउन आग्रह हुन थालेको छ ।



तपाईको प्रतिक्रिया