Techie IT
×
गृहपृष्ठप्रदेशबाग्मती प्रदेशविदुरमा एमालेबाट सञ्जु पण्डित मेयर र अम्बिका पाैडेल उपमेयरको उम्मेदवार

विदुरमा एमालेबाट सञ्जु पण्डित मेयर र अम्बिका पाैडेल उपमेयरको उम्मेदवार


नेकपा एमालेले नुवाकोटको विदुर नगरपालिकाको मेयर र उपमेयरको टुंगो लगाएको छ ।

नेकपा एमालेले जिल्ला कमिटी नुवाकोटले सिफारिस गरेको आधारमा विदुरको मेयरमा सञ्जु पण्डित र उपमेयरमा अम्बिका पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पण्डित र पौडेल दुबै नेकपा एमाले जिल्ला कमिटी नुवाकोटका सदस्य हुन ।

पण्डित २०७४ को स्थानीय तहको निर्वाचनमा पनि विदुर नगरपालिकामा मेयरमा विजयी भएका थिए । समाजसेवा समेत सक्रिय पौडेल पनि पार्टी र अखिल नेपाल महिला संघमा क्रियाशिल नेतृ हुन । बिदुर नगरपालिकामा नेकपा एमालेबाट को उम्मेद्धवार हुने भन्ने बिषयमा पार्टि प्रदेश कमिटिमा ठुलै बहस चलेको थियो । प्रदेश कमिटिले जनमतको आधारमा उम्मेद्धवार चयन गरेको जनाएको छ । गत स्थानिय तहको निबाृचनमा नेपाली काँग्रेसका धु्रब अधिकारीलाई पराजित गर्दै पण्डित नगरप्रमुखमा निर्बाचित हुनु भएको थियो । यता, उपप्रमुख पदका उम्मेद्धवार समााजिक कार्यमा क्रियाशिल रहदै मतदाताको मनमनमा बस्न सफल हुनु भएको छ ।



तपाईको प्रतिक्रिया