तादीमा माओबादी केन्द्र तर्फ नागरिक आकर्षित

नर्जामण्डप/नेकपा माओबादी केन्द्रले स्थानिय तह निर्बाचनमा घोषणा पत्र तथा प्रतिबघता स्थानिय स्तरमानै बनाए पछी नुवाकोटको तादीमा सम्बृद्धिको चित्र कोरिएको छ ।
समाजवाद उन्मुख स्थानीय सम्वृद्धिका लागि, नेकपा (माओवादी केन्द्र)को नेतृत्वमा तादी भन्ने नारा सहित तयार बनाएको प्रतिबद्धता पत्रले तादी गाँउपालिकामा लुकेर बसेका बिषय र संभाबनाहरुको खोजि भएको छ । नेकपा माओबादी केन्द् तादी गाँउपालिकाले तयार बनाएको घोषणा पत्रलेनै समुदाय स्तरमा प्रभाब पर्न थालेको छ । संभाबनायुक्त र सिमित श्रोत साधनहरुले गर्न सकिने सामान्य कामहरुलाई पार्टिले प्राथमिकतामा राखेपछी नागरिकहरु माओबादी केन्द्रतर्फ आकर्षित भएका छन् ।
तादी गाँउपालिकाले तादीको पानी तादीबासिकै लगानी भन्ने नारा सहित लघु जलबिद्युत योजना निर्माणको लागी प्रभाबकारी निति लिने जनाएको छ । स्थानिय तह आफैले अपनत्व लिएर पालिकाका नागरिकहरुलाई सम्बृद्धि तर्फ लम्क्याउन उर्जाको बिकासमा साँझेदारी गर्ने निति माओबादी केन्द्र तादीले लिएको छ ।
जसका लागी तादी गाउँपालिकालाई उर्जामा आत्म निर्भर बनाउन लघु जलविद्यत् परियोजना पूर्ण रुपमा कार्यान्वय गर्ने जनाएको छ । दोर्खु खोलामा लघु जलविद्युत् योजना र मालाभञ्याङ तथा राहुचुलीमा हावाबाट बिजुली बत्ति निकालिने सम्भाव्यता अध्ययन गर्ने, ‘तादीको पानी तादीवासीकै लगानी’ कार्यक्रम सञ्चालन गरी लघु जलविद्युत् आयोजनाहरु सञ्चालनका लागि विशेष कार्यक्रम र नीति लिने प्रतिबद्धता जनाएको छ ।
यस्तै, तादी गाँउपालिकामा हरेक बर्ष जनगणना गर्ने उल्लेख छ । गाँउपालिकाको कक्षा नौ देखि १२ सम्मका विद्यार्थी मार्फत हरेक बर्ष जनगणना अध्यावधीक गर्ने निति लिएको छ । प्रत्यक बर्ष हुने गणनाले योजना निर्माण, आबाश्यक्ताको पहिचान र जनघनत्वको आधारमा बजेट बिनियोजन लगायतमा सहज बनाउने बिस्वास लिएको छ ।
यस्तै, गाउँपालिकाले नै भू–सेवा केन्द्र स्थापना र सञ्चालन गरी जिल्ला मालपोत कार्यालय नुवाकोटबाट हुने कामलाई निःशुल्क, छरितो र अनलाइन प्रणालीबाट गराई, जग्गा जमिन खरिद गर्ने नागरिकहरु जग्गाधनी पुर्जा लिन मात्र मालपोत कार्यालय जाने व्यवस्था मिलाइने छ । यस्ता, बिभिन्न खाले ७ सय ५३ स्थानिय तहमै नभएका योजना तर थोरै बजेटले गर्न सकिने मुख्य कामहरुलाई नेकपा माओबादी केन्द्रले प्राथमिकतामा राखेको छ । स्थानिय तह कार्य सञ्चालन एैनमा उल्लेख भएका बिषयहरुलाई नै कार्यान्वयन गर्दै सम्बृद्ध तादी गाँउपालिका निर्माण गर्न सकिने प्रतिबद्धता पत्रमा उल्लेख छ । सिमित बजेट र श्रोतको परिचालनले अरु स्थानिय तह भन्दा उत्कृष्ट र नमुना काम गर्न सकिने भन्दै प्रतिबद्धता पत्रमा सरल बिषयहरुलाई समेटेको छ ।
नेकपा (माओवादी केन्द्र) तादी गाउँ समितिको प्रतिबद्धता पत्रमा रहेको केही नयाँ योजनाहरुमा गाउँपालिका मार्फत् हुने विकास निर्माण र योजनाहरुको उपभोक्ता समिति गठन गर्दा पुर्व सूचना दिँदै सार्वजनिक रुपमा उपभोक्ताहरुको भेला गराई कार्यान्वयन हुने व्यवस्था मिलाउने र टेण्डर प्रक्रियालाई पनि जनविश्वास हुने गरी पारदर्शि ब्यवस्था मिलाउने जनाएको छ । बिकास निर्माणको लागी हुने कजेट कार्यान्वयनमा ठुलो भ्ष्टाचार र अनियमितता मौलाउदै गएको समयमा पारदर्शि रुपले योजना कार्यान्वयन गर्ने प्रतिबद्धतासँगै मतदाताहरु उत्शाहित भएका छन् ।
योजनाको कार्यान्वयन, जनशहभागीता, बजेटको अबस्था लगायतको बिषयमा नागरिकहरुलाई समेत जिम्मेवारी बनाउन योजनै विच्छे वडागत रुपले सार्वजनिक सुनुवाई र बार्षिक रुपमा पालिका स्तरको सार्वजनिक सुनुवाई गर्ने व्यवस्था मिलाउने प्रतिबद्धता पत्रमा उल्लेख छ ।
यता, पालिकामा जनप्रतिनिधिहरुले प्रयोग गर्दै आएको चार पाङ्ग्रे सवारी साधनलाई पूर्ण रुपले अस्विकृत गरी नागरिकहरुका लागि निः शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने र जनप्रतिनिधिहरुको लागी दुई पाङ्ग्रे सवारी साधनलाई प्राथमिकतामा राख्ने जनाएको छ ।
यस्तै, गाउँपालिकाले गर्ने सार्वजनिक बिकास तथा बित्तिय खर्चको तेश्रो पक्षले अनुगमन गर्न पाउने व्यवस्था मिलाउने, पालिका स्तरमा राष्ट्रिय योजना आयोग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इकाई खडा गरी प्रभावकारी कार्यान्वयन गर्ने, एकल पुरुषलाई मासिक भत्ताको ब्यवस्था गर्ने लगायतको प्रतिबद्धता रहेको छ ।
तादी गाउँपालिकामा सञ्चालनमा रहेका तीन वटा आयुर्वेदिक औषधालयको उचित व्यवस्थापन र औषधिको उपलब्धताको ग्यारेन्टी गर्ने, साथै आर्युवेदिक अध्ययन केन्द्र र औषधि उत्पादन केन्द्रको रुपमा गाउँपालिकालाई विकास गर्ने, प्रत्येक ३÷३ महिनामा बृद्ध, बालबालिका र दीर्घ रोगीहरुको स्वास्थ्य जाँच घरघरमै हुने व्यवस्था मिलाइने छ ।
कक्षा १२ सम्म निशुल्क अध्ययनको ब्यबस्था, सामुदायिक विद्यालयमा अध्ययन गरी गाउँपालिका भरीमा उत्कृष्ठ हुने एक छात्र र एक छात्रालाई हरेक वर्ष उच्च शिक्षा अध्ययनको लागि जनही ५÷५ लाख रुपैयाँ नगदको ‘तादीको तारा’ छात्रवृत्ति प्रदान गर्ने उल्लेख छ । पालिका स्तरमा कृषि प्राविधिक आवाशिय विद्यालय स्थापना गर्ने, आवश्कयता अनुसार सामुदायिक विद्यलायहरु ‘मर्ज’ गरी विद्यालय बस सञ्चालन गर्ने, बिद्यालयबाटै शिपमुलक शिक्षाको ब्यवस्था गरी भाबी पुस्तालाई रोजगारयुक्त शिक्षा प्रदान गर्ने निति नेकपा माओबादी केन्द्रले लिएको छ ।
भर्खरै

तलब भक्ता सबै वडाबासिमै
- पञ्चकन्या गाँउपालिकाको उपाध्यक्षका बलियो उम्मेद्धवार : बिमला केसी
- बागी उम्मेद्धवारको पक्षमा पञ्चकन्या काँग्रेस
- पञ्चकन्यामा माओबादीको पक्षमा जनलहर
- तादीमा माओबादी केन्द्र तर्फ नागरिक आकर्षित
- माओबादीका उम्मेद्धवारसँग नागरिक उत्शाहित
- विदुरमा एमालेबाट सञ्जु पण्डित मेयर र अम्बिका पाैडेल उपमेयरको उम्मेदवार
धेरै रुचाइएको
- अनियमितताको चर्को चाङ पालिका प्रमुखनै अग्रसर
- सुर्यगढीमा काँग्रेसको बलियो उम्मेद्ध्वार : कुमार गुरु
- विदुरमा एमालेबाट सञ्जु पण्डित मेयर र अम्बिका पाैडेल उपमेयरको उम्मेदवार
- तलब भक्ता सबै वडाबासिमै
- नुवाकोटमा २ लाख ३७ हजार मतदाता कायम
- बागी उम्मेद्धवारको पक्षमा पञ्चकन्या काँग्रेस
- स्वर्गिय पाण्डेको शालिक अनाबरण
- Protected: तस्करीको जालोमा प्रहरी
तपाईको प्रतिक्रिया