Techie IT
×
गृहपृष्ठअर्थपञ्चकन्यामा माओबादीको पक्षमा जनलहर

पञ्चकन्यामा माओबादीको पक्षमा जनलहर


पञ्चकन्या/नुवाकोटको पञ्चकन्या गाँउपालिकामा नेकपा माओबादी केन्द्रको पक्षमा जनलहर उत्रिन थालेको छ ।

५ वटा वडा रहेको पञ्चकन्या गाँउपालिकामा गत ५ बर्षमा भएको बिकास निर्माण, पुर्बाधार बिकास र संस्थागत बिकासको मुल्याङकन गर्दे मतदाताहरु नेकपा माओबादी केन्द्रको पक्षमा उर्लिएका हुन् । गाँउपालिकाको अध्यक्ष पदका उम्मेद्धवार तेजबहादुर तामाङ रमेश र उपाध्यक्ष पदका उममेद्धवार बिमला केसी पाठक अहिले मतदाता भेटघाटमा ब्यस्त हुन थालेका छन् ।

गत ५ बर्षको अबधिमा नेकपा माओबादी केनद्बाट उम्मेद्धवार बनी निर्बाचित हुनु भएका तेजबहादुर तामाङलाई पार्टिले पुनः उम्मेद्धवार बनाएसागै मतदाताहरुमा उत्शाह छाएको थियो । मतदाता भेटघाटका लागी बिभिन्न् वडामा जाँदा माओबादी केन्द्रका उम्मेद्धवारहरुलाई नागरिकहरुले पञ्चेबाजा र झाँकि सहित स्वागत गरेका छन् ।

अहिले तिनै उम्मेद्धवारहरुले घरदैलो अभियानलाई तिब्र बनाएका छन् । सम्बृद्ध पञ्चकन्या गाँउपालिका निर्माणको अभियान सहितको नारा लिएर नेकपा माओबादी केन्द्रका उम्मेद्धवारहरु मतदाता भेटघाटमा ब्यस्त हुन थालेका छन् । घरदैलो अभियानमा मत मात्रै माग्ने नभई जनताका समस्याहरु प्रत्यक्ष सुन्ने र अबलोकन गर्ने कार्यमा समेत उम्मेद्धवारहरु लागि परेका छन् । ५ वटा वडा रहेको पञ्चकन्यामा सबै वडाको टोल टोलमा पुगेर बिकास निर्माणको खाका समेत तयार पार्दै आएको गाँउपालिका अध्यक्ष पदका उम्मेद्धवार तेजबहादुर तामाङ रमेशले बताउनु भयो ।

गत स्थानिय तहको निर्बाचन मार्फत बिजयी भएर गाँउपालिकाको समग्र बिकासको खाका तयार बनाउनु भएका उहाँले त्यसलाई पुरा गर्नको लागी आफ्नो उम्मेद्धवारी रहेको बताउनु भएको छ । बितेको ५ बर्षमा भएका कामहरुलाई संस्थागत गर्ने, र त्यसको अनुभुत गर्दै सम्बृद्ध गाँउपालिका निर्माण गर्ने उहाँको योजना रहेको छ । मुलुक पुनःसंरचित भएर बनेको स्थानिय तहमा पहिलो कार्यकाल कुशलता पुर्बक संहालि सक्नु भएका पालिका अध्यक्ष तामाङलाई मतदाताहरुकै आग्रहमा नेकपामाओबादी केन्द्रले पुनः उम्मेद्धवार बनाएको हो । पहिलो ५ बर्षको कार्य कुशलता, गाँउपालिकामा भएको बिकास निर्माण र परिबर्तनको आधारलाई मानेर मतदाताहरुले नै रमेश तामाङको माग गरेका थिए ।

त्यसै अनुसार नेकपा माओबादी केन्द्रले उहाँलाईनै यस पटक पनी अध्यक्ष पदको उम्मेद्धवार बनाएको हो । दोश्रो कार्यकालको लागी उम्मेद्धवार बन्दै गर्दा तामाङले केहि नयाँ र महत्वाकाङक्ष योजनाहरु ल्याउनु भएको छ । पहिलो कार्यकालमानै कृषि एम्बुलेन्सदेखि बिक्रिमा अनुदानको ब्यबस्था गर्दे आउनु भएका उहाँले अब पकेट क्षेत्रको स्तरउन्नती गरि एकिकृत खेती प्रणलीको बिकास गर्ने योजना रहेको छ ।

 

बिगत ५ बर्षमा भएका कामहरुलाई संस्थागत गर्ने र त्यसको स्तरउन्नती गरि नागरिकहरुको अपेक्षा अनुसारको बिकास गर्ने योजना उहाँको रहेको छ । नेकपा माओबादी केन्द्बाट उम्मेद्धवार रहे पनी उहाँलाई नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा एकिकृत समाजबादी लगायत उहाँलाई सबै पार्टिका कार्यकर्ताहरुले सहयोग गर्दै आएका छन् ।

सबै पार्टिका नेता तथा कार्यकर्ताहरुको सहयोग र सल्लाहलाई आत्मसाथ गर्दै गाँउपालिकाको बिकासमा अहोरात्र खटिने उहाँले बताउनु भएको छ । उहाँसगै, माओबादी केन्द्रले पालिका उपाध्यक्ष पदमा बिमला केसी पाठकलाई उम्मेद्धवार बनाएको छ । पञ्चकन्या गाँउपालिकाको वडा नम्बर ४ का पाठक लामो समय देखि शिक्षण पेशामा आबद्ध रहनु भएको छ । शिक्षण पेसा सँगै सामाजिक कार्यमा गैर सरकारी संस्था मार्फत क्रियाशिल रहदै आउनु भएका उहाँ अहिले माओबादी केन्द्रबाट पञ्चकन्या गाँउपालिकाको उपाध्यक्ष पदको उम्मेद्धवारको रुपमा रहनु भएको छ ।

अहिले माओबादी केन्द्रमा उम्मेद्धवारहरु टोल टोलमा पुगि रहेका छन् । मतदातासँग प्रत्यक्ष संबाद गर्दै उनिहरुको समस्या र समाधानको उपाय सहित मत आफ्नो पक्षमा मागिरहेका छन् । माओबादी केन्द्रले फेरी तेजबहादुर तामाङलाई उम्मेद्धवार बनाएसँगैे नागरिकहरुमा समेत उत्शाह थपिएको छ । ५ बर्षमा भएको बिकास निर्माण, पुर्बाधार बिकास र संस्थागत बिकासको पाटोलाई अध्यन गर्दै नागरिकहरु आफै मत माग्नमा ब्यस्त रहेका छन् । ५ वटै वडाका नागरिकहरु एक जुट भएर नेकपा माओबादी केन्द्रका उम्मेद्धवार जिताउन लागी परेका छन् ।

 

 



तपाईको प्रतिक्रिया