Techie IT
×
गृहपृष्ठप्रदेशबाग्मती प्रदेशबागी उम्मेद्धवारको पक्षमा पञ्चकन्या काँग्रेस

बागी उम्मेद्धवारको पक्षमा पञ्चकन्या काँग्रेस


लाकुरीभञ्ज्याङ/स्थानिय तह निर्बाचनको मतदान मिति नजिकिएसँगै नुवाकोटको पञ्चकन्या गाँउपालिकामा चुनाबि सरगर्मि बढेको छ ।
काँग्रेसबाट अस्न्तुष्ट भई उपाध्यक्ष पदमा मनोनयन दर्ता गराउनु भएका मधु प्रसाद कोईराला अहिले मतदाता भेटघाटमा ब्यस्त हुन थाल्नु भएको छ । काँग्रेस भित्रका सबै असन्तुष्ट ब्यक्तिहरुलाई साथमा लिएर अहिले उपाध्यक्ष पदको चुनाबि मैदानमा उत्रनिु भएको हो ।

राजनितिक दलका साथै बागी उम्मेद्धवारहरु समेत क्रियाशिल रुपमा मतदाता भेटघाट कार्यक्रममा ब्यस्त रहन थालेका छन् । पार्टिबाट असन्तुष्ट रहि राजिनामा दिएर स्वतन्त्र उम्मेद्धवारको रुपमा रहनु भएका पञ्चकन्या गाँउपालिका उपाध्यक्ष पदका उम्मेद्धवार मधु कोईराला अहिले आफ्ना समर्थक लिएर घरदैलो अभियानमा होमिनु भएको छ ।

नेपाली काँग्रेसको बिभिन्न पदमा रहेर ३३ बर्ष सम्म क्रिायशिल रहनु भएका उहाँलाई पार्टिले कुनै पनी पदमा उम्मेद्धवार नबनाए पछी अहिले स्वतन्त्र रुपमा मनोनयन गरि पञ्चकन्या गाँउपालिकाको उपाध्यक्ष पदमा आफुलाई मत माग्दै हिड्नु भएको छ । नेपाली काँग्रेसको १३ औँ महाधिबेसनबाट पञ्चकन्या गाँउपालिकाको पार्टि सचिबको जिम्मेबारी स्.हाल्नाु भएका उहाँलाई पार्टिको १४ औँ महाधिबेसनमा पेलानमा पर्नु भएको थियो । पाटिृ भित्रबाटै हेपिउर बस्नु परेको भन्दै उहाँले साधाण सदस्य समेत नरहने गरि राजिनामा समेत दिनु भएको छ ।

लामो समय सम्म नेपाली काँग्रेसमा क्रियाशिल रहेर निष्ठाको राजनितिमा होमिनु भएका उहाँलाई आफु भन्दा जुनियरहरुलाई पार्टिले स्थान दिएकाले काँग्रेसमा राजिनामा दिएर स्वतन्त्र अभियान सञ्चालन गरेको उहाँले बताउनु भयो । नेपाली काँग्रेसका आस्था रहेपनी पार्टिले आफुलाई हेपेको र निष्ठाको राजनितिलाइृ कदर नगरेका कारण राजिनामा दिएर चुनाबि मैदानमा उत्रिएको उहाँले बताउनु भए । निर्बाचन जित्ने मत नआए पनी काँग्रेसको उम्मेद्धवार सरहको मत आफुले पाउने उहाँको दाबि रहेको छ । लामो समय पार्टिको बिभिन्न स्थानमा रहेर जिम्मेवारी पुरा गरेकाले निष्ठाको राजनिति गर्नेहरुले आफुलाई मत दिने उहाँले दाबि गर्नुभयो ।

अहिले काँग्रेसकै नेता कायृकर्ताहरु समेत उहाँको पषमा रहेका छन् । पार्टि भित्र रहेका सबै असन्तुष्ट पक्षहरुलाइृ एकत्रित गरेर स्वतन्त्र रुपमा निर्बाचनमा होमिनु भएको हो । निर्बाचन अधिकृतको कार्यालयले उहाँलाइर्ए गुलाफको फुल चुनाब चिन्ह प्रदान गरेको छ । निर्बाचन चिन्ह पाएसन्गै ब्यानर, झण्डासहित उनिहरु अहिले मतदाता भेटघाटमा ब्यस्त रहेका छन् ।



तपाईको प्रतिक्रिया