Techie IT
×
गृहपृष्ठप्रदेशबाग्मती प्रदेशनेकपालाई झड्कै झड्का

नेकपालाई झड्कै झड्का


बिदुर/नुवाकोटको दुप्चेश्वरमा नेकपालाई ठुलो झड्का लागेको छ ।
नेपाली कांग्रेस दुप्चेश्वर गाउँपालिका द्वारा आयोजित अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा नेकपा परित्याग गरि नेपाली काँग्रेसका ठुलो संख्यामा युवाहरु प््रबेस गरेका छन् ।

विभिन्न पाटि परित्याग गरि नेपाली कांग्रेस प्रबेश गर्नेहरुमा नेकपा नुवाकोट काठमाडौं सम्पर्क मञ्चको सचिव लक्षुमण रुम्वा लगायत करिव १५० भन्दा बढि नेता तथा कार्यकर्ता प्रबेश भएको ने वि संघ नुवाकोट १ का क्षेत्रीय अध्यक्ष एंवम नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि कृष्ण मिश्रले जानकारी दिनुभयो ।
नुवाकोट क्षेत्र नम्बर १ नेबिसंघ क्षेत्रिय अध्यक्ष कृष्ण मिश्र युवाहरुलाई आफ्नो पार्टि र संगठनमा भित्र्याउन सफल भएका छन् । जिल्ला पार्टि सभापती सहितका युवाहरुको पहलमा एकै पटक ठुलो संख्यामा नबप्रबेसीहरुले स्थान पाएको क्षेत्रिय सभापती मिश्रले जानकारी दिनु भयो ।


नेपाली कांग्रेस नुवाकोटको सभापति एंवम संबिधान सभाका सदस्य समेत रहेका नेता जगदश्वर नंरसिह के सि, प्रदेशसभा पत्यासि उम्मेदवार तथा नेपाली कांग्रेस नुवाकोटका युवा नेता एंवम महासमिति सदस्य रमेशकुमार महत, अर्का महासमिति सदस्य डा केदार नरसिह केसि, नेपाली कांग्रेस नुवाकोटका पाटि सचिव शिव दाहाल, जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख एंवम नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि सन्तमान तामाङ, क्षेत्रीय सभापति एंवम लिखु गाउपालिकाका अध्यक्ष धुर्व श्रेष्ठ, साथै नेपाली कांग्रेस नुवाकोट १ प्रदेश क र ख का सभापतिहरु अर्जुन प्र न्यैपाने, प्रेम पाठक, ने वि संघ क्षेत्रीय अध्यक्ष एंवम नेपालि कांग्रेस महाधिवेशन प्रतिनिधि कृष्ण मिश्र, नेपाली कांग्रेस नुवाकोटका जिल्ला सदस्य एंवम दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द सिंह तामाङ, त्यस्तै गरि जिल्ला सदस्यहरु उपेन्द्र कुईकेल, गोविन्द थपलिया, नरेश तामाङ, लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।


साथै नव प्रबेशि हरुको तर्फवाट नेकपा नुवाकोट सम्पर्क मञ्चका सचिव लक्षुमण रुम्वा लगायतले ढिलै भएपनि नेपाली कांग्रेस पाटिमा प्रबेश हुनपाएकोमा खुसि व्यक्त गर्दै आफ्नो भनाई राख्नुभएको थियो ।



तपाईको प्रतिक्रिया