Techie IT
×
गृहपृष्ठप्रदेशबाग्मती प्रदेशसंकटमोचनलाई काँग्रेसको बिकल्प छैन : अर्जुननरसिंह केसी

संकटमोचनलाई काँग्रेसको बिकल्प छैन : अर्जुननरसिंह केसी


बदुर/नेपाली काँग्रेसका केन्द्रिय सदस्य नेता अर्जुननरसिंह केसीले नेपाली काँग्रेस कम्युनिष्ट सरकारसंग टासिएर बिसंगती र कुकृतिहरुको चाँगमा भाग लिन नजाने बताउनुभएको छ ।
शनिबार बिदुर नगरपालिका र बेल्कोटगढी नगरपालिकाले आयोजना गरेको संयुक्त बिरोध कार्यक्रमलाई सम्बोधन गर्दै नेता केसीले जनताले ५ बर्षको लागी कम्युनिष्ट सरकारलाई दिएको मतको संरक्षण नगरी प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले लोकतन्त्रलाई लुटतन्त्रमा परणित गरेको बताउनुभएको छ ।
प्रधानमन्त्री ओलीले प्रतितिधी सभा विघटन गरेर संविधानसभाले जन्माएको संविधानलाई समेत निरर्थक बनाउने गरी संबिधान र बिधीको शासनमाथी आक्रमण गरी सिंगो मुलुकलाई फेरि संविधानको चीर–हरण तथा राजनीतिक संकटबाट गुज्रिन विवश बनाएको आरोप लगाउनुभएको छ । नेता केसीले प्रधानमन्त्री ओलीले गरेको संबिधान माथीको आक्रमणमा राष्ट्रपति बिद्यादेवी भण्डारी मुखदर्शक रहेको आरोप लगाउनुभएको छ ।
नेता केसीले निरंकुशता र सर्वसत्तावादको बाटोमा हिंडेको कम्युनिस्ट नेतृत्वको सरकार संविधान, संसद, संसदीय व्यवस्थालगायत सबैलाई बाधक मानेर तिनको तेजोबध गर्न उद्यत रहेको बताउनुभएको छ ।

नेपालि काँग्रेसको नेतृत्वले मात्रै मुलुकमा एतिहाँसिक परिबर्तन भएको स्मरण गराउदै राजनितिक संकट बाट मुक्त बनाउने पार्टिको रुपमा नेपाली काँग्रेस ईतिहाँसमा दर्ज भएको बताउनु भयो । राजनितिक झुटले अधिनायकबादमा उन्मुख रहेको कम्युनिष्ट सरकार बिरुद्ध एकजुट भएर कम्युनिष्ट निरङकुसताको बिरुद्धमा लाग्नु पर्ने बताउनु भयो ।

गत निर्वाचनमा दुईतिहाई बहुमतको मतादेश दिएका जनतामाथि नै कृतघ्नतापूर्वक धोका र कुठाराघात गर्दै कोरोना महामारी र प्राकृतिक प्रकोपबाट रुग्ण र थिलथिलो भएको मुलुकलाई थप पीडा दिने हर्कत ओली नेतृत्वको सरकारले गरेको उहाँको आरोप रहेको छ ।
पार्टीको आन्तरिक विवादमा राज्यव्यवस्थालाई शिकार बनाउने, नेतृत्वबीचको किचलो र झगडामा सिंगो मुलुक र जनतालाई दण्ड र कष्ट दिने कम्युनिस्ट नेतृत्वको प्रवृत्तिले जनतामा आक्रोश व्याप्त भएको उहाँको भनाइ रहेको छ ।

नेता केसीले प्रधानमन्त्रीको नाङ्गो नाचले संबिधानको धज्जी उडाउदै जनताको मतमाथी होली खेलेका कारण नेपाली काँग्रेस आन्दोलनमा उत्रिएको बताउनुभएको छ । तोकेको मितिमा निर्बाचन नहुने ठोकुवा गर्दे नेता केसीले यदि निर्बाचन भैहालेमा पनि जनताको मतको कदरको लागी आन्दोलनलाई निर्बाचनमा परिणत गरी भाग लिन जाने बताउनुभएको छ ।

 



तपाईको प्रतिक्रिया