Techie IT
×
गृहपृष्ठराजनीतिबिदुरमा दिपप्रज्वलन

बिदुरमा दिपप्रज्वलन


बिदुर/जिपि कोईराला अध्यन केन्द्र नुवाकोटले गिरिजा प्रसाद कोईरालाको स्मृति दिबसमा दिप प्रज्वलन गरेको छ ।
नेपाली कांग्रेसका तत्कालीन सभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ११ औं स्मृति दिवसको अबसरमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न भएको हो ।
चार पटक प्रधानमन्त्री र एकपटक राष्ट्रप्रमुख समेत बनेका कोइरालाको २०६६ साल चैत ७ गते निधन भएको थियो । उहाँ २०४८ सालको आमचुनावमा नेपाली कांग्रेसले बहुमत ल्याएपछि पहिलो पटक प्रधानमन्त्री बन्नुभएको थियो ।
राणा शासनको विरोध गरेको अभियोगमा बुबाआमा प्रवासमा रहेका बेला कोइरालाको जन्म १९८१ सालमा भारतको टेडीमा भएको थियो । २०४७ सालको आन्दोलन, २०६२÷६३ सालको दोश्रो जनआन्दोलन, तत्कालीन नेकपा माओवादीसँगको शान्ति सम्झौतालगायतमा उहाँको भूमिका महत्त्वपूर्ण छ ।
कोइरालाको निधनपछि सरकारले २०७१ जेठ १५ गते नेपाल रत्न मानपदवीबाट सम्मानित गरेको थियो । उहाँका दुई दाजु वीपी कोइराला र मातृकाप्रसाद कोइराला पनि प्रधानमन्त्री हुनुभएको थियो ।
तत्कालिन नेपाली काँग्रेस सभापती गिरिजा प्रसाद कोईरालाको स्मृति दिबसको अबसरमा दिपप्रज्वलन गर्दै उनको राजनितिक योगदानको चर्चा भएको छ । पार्टिको संगठन बिस्तार र राज्य सक्ता सञ्चालनका कुटिल रहेका कोईरालाको नेतृत्वमा मुलुकको कार्यभार सञ्चालन भएको थियो । पटक पटक सरकारको नेतृत्व गर्दै जनताको लोकतन्त्र र ईतिहाँसलाई संरक्षण गर्दै बिपि सिदान्तलाई जनस्तर सम्म पुराउने कुशल संगठक र नेतृत्वको रुपमा कोईरालालाई लिने गरिएको छ । दिपप्रज्वलन कार्यक्रमामा नेपाली काँग्रेस नुवाकोट सभापती जगदिश्वरनरसिह केसीले गिरिजा प्रसाद कोईरालाको नेतृत्वकालमा काँग्रेस बलियो र जनताको अभिमतले भरिपुर्ण रहने गरेको स्मरण गर्नु भयो ।
प्रजातन्त्र प्राप्ति र २०६२÷६३ को जन आन्दोलनको नेतृत्व गर्दै हिंसात्मक राजनितिमा रहेको माओबादीलाई शान्ति प्रकृयामा ल्याएर मुलुकमा स्थाईत्व र शान्ति निर्माण गर्ने ब्यक्ति जिपि कोईराला रहेको उहाँले बताउनु भयो ।
कार्यक्रममा जिपि कोईराला अध्यन केन्द्र नुवाकोटका अध्यक्ष सुमन भण्डारीले गिरिजा प्रसाद कोईरालाको आदर्श र बिचारलाई जनमानसमा पुराउन अध्ययन केन्द्र सफल बन्दै गईरहेको बताउनु भयो । लोकतन्त्र प्रप्तिसँगै मुलुकमा शान्ति र स्थाईत्वको लागी नेतृत्व गर्ने सिखर पुरुषको नाममा रहेको अध्यन केन्दको नुवाकोटको सबै स्थानिय तहमा पु¥याउने प्रतिबद्धता ब्यक्त गर्नुभयो । नुवाकोटको १२ वटै स्थानिय तहमा अध्यन केन्द्र गठन गरि काँग्रेस र बिपिको सिदान्तलाई जनस्तर सम्म पु¥याउने काममा केन्द्र सक्षम रहने उहाँको भनाई रहेको छ ।
दिप प्रज्वलन कार्यक्रममा नेपाल चिकित्शक संघका पुर्ब अध्यक्ष डक्टर केदार नरसिङ केसी, नेपाली काँग्रेस नुवाकोटका पदाधिकारी, भातृ संगठनका प्रमुख एवं प्रतिनिधि तथा बिद्यार्थि नेताहरुको सहभागीता रहेको थियो ।



तपाईको प्रतिक्रिया