Techie IT
×
गृहपृष्ठअन्तराष्ट्रियजेसिज सदस्यकै माग हो ः सिनेटर पोखरेलको उम्मेद्धवारी

जेसिज सदस्यकै माग हो ः सिनेटर पोखरेलको उम्मेद्धवारी


नेपाल जेसिज बर्ष २०२१ को नतृत्वको लागी सिनेटर रबिन पोखरेल बलियो देखिएका छन् ।
युवाहरुको संस्थामा युवालाई नै अगाडी बढाउनु पर्ने जेसिज सदस्यहरुको मागसँगै सिनेटर पोखरेलले आफ्नो चुनाबि अभियानलाई तिब्र बनाउदै लगेका छन् । नुवाकोट जेसिज बर्ष २०१३ का संस्थापक सदस्य, बर्ष २०१६ मा नुवाकोट जेसिजको अध्यक्ष, २०१८ मा नेपाल जेसिजको राष्ट्रिय उपाध्यक्ष र बर्ष २०१९ मा नेपाल जेसिजको राष्ट्रिय कार्यकारिणि उपाध्यक्ष भएर कुशलता पुर्बक आफ्नो जिम्मवारी संहालिसक्नु भएको छ ।


अहिले आफ्नो चुनाबि अभियानलाई तिब्र बनाउन बिभिन्न शाखामा भेटघाटमा ब्यबस्त रहनु भएको छ । शाखा भेटघाटमा मत माग्ने र चुनाबि प्रचार प्रसार भन्दा पनी अबको नेपाल जेसिजलाई कसरी भिन्न बनाउने भन्ने बिषयमा समेत शाखाका पदाधिकारी तथा सदस्यहरुसँग छलफल चलाउदै आउनु भएको छ । दुरी दर्शि योजनाका साथ जेसिज अभियानमा होमिनु भएका उहाँले बित्रिन्न अन्तराष्ट्रिय कार्यक्रमहरुमा समेत नेपाल जेसिजको तर्फबाट प्रतिनिधित्व जनाईसक्नु भएको छ । जेसिआईमा समेत राम्रो छाप बनाउन सफल हुनु भएका उहाँ नेपाल जेसिज बर्ष २०२१ को राष्ट्रिय अध्यक्षमा निर्बाचित गराउन सबै शाखाका अध्यक्ष एवं पदाधिकारीहरु एकजुट भएका छन् । मिलनसार, मृदुभाषि, कुशल नेतृत्व, निडर ब्यक्तित्व र बिभिन्न संस्थाको नेतृत्व संहालिसक्नु भएका उहाँलाई नेपाल जेसिजको नेतृत्व लिनको लागी जेसिज सदस्यहरुबाटै माग आएकाले अभियान तिब्र बनाएको नुवाकोट जेसिज बर्ष २०२० का शाखा अध्यक्ष जेसि श्रीकृष्ण आचार्यले बताउनु भयो ।
लामो समय देखि जेसिज अभियानमा समाहित भएर सकरात्मक सोचको बिकास गर्दे आएका जेसिजका पुर्ब राष्ट्रिय अध्यक्ष तथा पदाधिकारीहरु पनी सिनेटर पोखरेललाई निर्बिरोध निर्बाचित गराउनु पर्ने मत राख्दै आएका छन् । नेपाल जेसिजका संस्थापक अध्यक्ष देखि, जेसिआइृमा प्रतिनिधित्व गरि जेसिआई को राष्ट्रिय कार्यकारिणि उपाध्यक्ष र जेसिआईका उपाध्यक्ष भैसक्नु भएका अगष््रज ब्यत्तिवmहरुले पनी सिनेटर पोखेरेलको बिकल्प नरहेको बताउदै आएका छन् । फेरी जेसिआईमा नेपालको प्रतिनिधित्व गर्ने र जेसिआईकै नेतृत्व लिन सक्ने खुबि भएका ब्यक्तिलाई सबै मिलेर अगाडी बढाउनु पर्ने उहाँहरुको आबाज रहेको छ ।
अहिले नेपाल जेसिजको नेतृत्व लिनका लागी धेरै जना आकाङिक्ष भएता पनी केहि राष्ट्रिय अध्यक्षका उम्मेद्धवारहरुले सिनेटर पोखरेललाई सघाउन थालेका छन् । आफु निर्बाचनमा नजाने बताउदै केहि उम्मेद्धवारहरु भित्रि रुपमा सिनेटर पोखरेलको चुनाबि अभियानमा सहयोग गर्न थालि सकेका छन् ।

 



तपाईको प्रतिक्रिया