Techie IT
×
गृहपृष्ठप्रदेशबाग्मती प्रदेशनमुना बिद्यालयको रुपमा बिकास हुँदै

नमुना बिद्यालयको रुपमा बिकास हुँदै


बिदुर/बिदुर नगरपालिका वडा नम्बर १३ कागुनेमा रहेको सृजना आधारभुत बिद्यालयको नयाँ भवन हस्तान्तरण भएको छ ।
भुकम्पले क्षती ग्रस्त भएको बिद्यालयको लागी राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाई शिक्षा अन्तर्गत निर्माण भएको ८ कोठे भवन बिद्यालयलाई हस्तान्तरण गरेको हो ।
बिद्यालय हस्तान्तरण कार्यक्रममा बिदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले नगरपालिकाको नमुना बिद्यालयको रुपमा सृजना आधारभुत बिद्यालयलाई बिकास गर्ने प्रतिबद्धता जनाउनु भयो । साथै, उहाँले सिक्षिाहरुबाट मात्रै बिद्यालय सञ्चालन गरि प्रदेशकै नमुना बनाउने योजनामा नगरपालिका अगाडी बढेको बताउनु भयो ।
नगर प्रमुख पण्डितले फरक प्रशङगमा बिदुर नगरपालिकाको १३ नम्बर वडामा उल्लेख्य संभाबनाको सुरुवात भएको बताउनु भयो । मध्यपहाडि लोकमार्गको निर्माण कार्य भैरहेकोले भौतिक बिकाससँगै नागरिकह्रुमा यातायातको पँहुच स्थापित गर्न नगरपालिका तत्पर रहेको बताउनु भयो । साथै नगरपालिकाकै पहलमा निर्माण भैरहेको पक्कि पुलले यस षेत्रका नागरिकह्रुको जिबन स्तर उकास्न महत्वपुर्ण भुमिका निर्बाह गर्ने बताउनु भयो ।
कार्यक्रममा बिदुर नगरपालिकाका उपप्रमुख गिताकुमारी दाहालले बिद्यालय सञ्चालनका लागी आबाश्यक सहयोग नगरपालिकाले गर्ने बताउनु भयो । भौतिक रुपमा सबल बनाउदै बिद्यालयको शैक्षिक उननयनमा नगरपालिका लागेको बताउनु भयो ।
कार्यक्रममा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इृकाई शिक्षाका आयोजना प्रमुख निानाथ गौतमले कोरोना भाइृरसको महामारी र बन्दाबन्दिको समयमा पनी बिद्यालयको भौतिक संरचना निर्माणमा तदारुक्ता पाएको बताउनु भयो । जिल्लाभर २ सय ३३ वटा बिद्यालयको आयोजना अन्तर्गत निर्माण सम्पन्न भैसकेको बताउदै, थप संरचना निर्माणको लागी प्रकृयामा रहेको बताउनु भयो ।


बिद्यालयको नबनिर्मित भौतिक संरचनाको हस्तान्तरण सँगै नगरपालिकाले यसै शैक्षिक सत्रमा थप शिक्षिका पठाउने भएको छ । उल्लेख्य मात्रामा रहेका बिद्यार्थिहरुको पठनपाठनमा सहज बनाउन नगरपालिकाले कुनै कसुर नराख्ने जनाएको छ । सृजना आधारभुत बिद्यालयमा कक्षा १ देखि ५ सम्म अङग्रेजि माध्यमबाट पठानपाठन हुँदै आएको छ ।



तपाईको प्रतिक्रिया