Techie IT
×
गृहपृष्ठप्रदेशबाग्मती प्रदेशदुरदराजमा जबरजङ गणको स्वास्थ्य शिबिर

दुरदराजमा जबरजङ गणको स्वास्थ्य शिबिर


किस्पाङ/नेपाली सेनाले नुवाकोटको किस्पाङ गाँउपालिकामा दुई दिने निशुल्क स्वास्थ्य सिबिर सञ्चालन गरेको छ । नुवाकोट सदरमुकाम बिदुरमा रहेको नेपाली सेनाको जबरजङ गणले निशुल्क स्वास्थ्य सिबिरको आयोजना गरेको हो ।
किस्पाङ आधारभुत स्वाथ्य चौकिमा संचालन गरेको दुई दिने शिविरको उद्घाटन गर्दै गाँउपालिकाका अध्यक्ष छत्रबहादुर लामाले नुवाकोटको ग्रामिण भेगमा रहेको किस्पाङ गाँउपालिकामा स्वास्थ्य सम्बनिध चृतना कम भएकाले निशुल्क स्वास्थ्य शिबिर प्रभाबकारी हुने बताउनु भयो । स्थानिय तह आफैले समेत प्रत्यक बर्ष निशुल्क स्वास्थ्य सिबिरको आयोजना गर्दै आएकोले नोपाली सेना बिशेषज्ञ चिकित्शक सहितको सेवाले स्थानिय तहको स्वास्थय सेवा प्रभाबकारी बनाउन थप सहयोग पुगको बताउनु भयो ।

किस्पाङ गाँउपालिकाका अध्यक्ष छत्र लामा ।

कार्यक्रमा नेपाली सेना जबरजङ गण देबिघाटका गणपती उदय लमिछानेले जनतालाई रोग पिडा नहोस र बिरामी परेर गाउघरका रहेका बृद्धबृद्धा तथा अशक्त नागरिकह्रुलाई घर दैलोमै निशुल्क रुपमा उपचारहोस भन्ने उद्देश्यले सेनाले स्वास्थ्य सिबिर सञ्चालन गरेको बताउनु भयो ।
उहाँले सेना र जनताको बिचको सम्बन्ध एकआपसमा जोडिएकाले सेनाको सानो सहयोगले जनतामा खुसियाली छाउनुका साथै सम्बन्ध अझ गाढा र प्रगाढ बनाउनको लागी निशुल्क स्वास्थ्य शिबिरको आयोजना गरेको बताउनु भयो । प्रत्यक बर्ष नेपाली सेनाले नुवाकोटको ग्रामिण भेगमा निशुलक स्वास्थय शिबिर सञ्चालन गर्दै आएको छ । ससाना स्वास्थ्य सेवा लिन पनी लामो समय पर्खिएर जिल्ला सदरमुकाम बिदुर पुग्नु पर्ने बाध्यतालाई हटाउन गणको आन्तरिक श्रोतबाटनै शिबिर सञ्चालन गरेको उहाँले बताउनु भयो ।

नेपालि सेना जबरजङ गण देबिघाटका गणपती उदय लामिछाने

सेनाले आफनै घर आगनमा निशुल्क स्वास्थ्य सिबिर सञ्चालन गरेपछि किस्पाङका नागरिकह्रु खुसि भएका छन् । निशुल्क शिबिरमा सबै षेत्रका बिशेषज्ञ चिकित्शकहरुले सेवा दिएका छन् । नेपाली सेना जबरजङ गण, त्रिशुली अस्पताल नुवाकोट, स्वास्थ्य कार्यालय नुवाकोटको सहकार्यमा किस्पाङ गाँउपालिका वडा नम्बर ३ मा दुई दिने निशुल्क स्वास्थ्य शिबरि सञ्चालन गरेको हो ।
ीशबिरको पहिलो दिनमानै झण्डै ३ सय जनाले सेवा लिएका छन् । सेनाले कपाल काट्ने देखि सरसफाइृको कार्यमा समेत सहयोग गरेको छ । शिबिरमा आएका सेवाग्राहिहरुको कपाल काट्ने, उनिहरुलाई सरसफाई सम्बन्धि प्रशिक्षण दिने कार्य गरेको छ । निशुल्क स्वास्थ्य शिबिरमा धेरै नागरिकहरुले महिला रोग सम्बन्धि सेवा लिएका छन् ।
शिबिरमा सामान्य चिकित्शा, दन्त रोग, स्त्रि रोग, नाक, कान, घाँटी र आँखा सम्बन्धि समस्या भएका सर्वसाधारणको स्वास्थ्य चेकजाँच गरिएको नेपाली सेनाले जनाएको छ ।


त्रिशुली अस्पताल नुवाकोटका बिशेषज्ञ चिकित्शक, जबरजङ गण देबिघाटका बिशेषज्ञ चिकित्शक र ६ नम्बर बाहिनिका बरिष्ठ चिकित्शकहरुबाट सेवा प्रबाह भैरहेको नेपाली सेना जबरजङ गण देबिघाट ब्यारेकले जनाएको छ । दुई दिन सम्म सञ्चालन हुने शिबिरमा पहिलो दिननै उपचारका लागि स्थानीय घण्टौं हिँडेर शिबिरस्थलमा आइपुगेका थिए ।

कपाल काट्ने सेवा प्रबाह गर्दै सेना ।
बिरामि परिक्षण गर्दै नेपाली सेना


तपाईको प्रतिक्रिया