Techie IT
×
गृहपृष्ठप्रदेशबाग्मती प्रदेशखेलाडी सम्मामा नुवाकोट जेसिज

खेलाडी सम्मामा नुवाकोट जेसिज


बिदुर/नुवाकोट जेसिजले प्रथम शिबपुरी अध्यक्ष गोल्डकप फुटबल प्रतियोगितामा प्रथम भएको टिमलाई सम्मान गरेको छ ।
युवाहरुको नेतृत्व र ब्यतृत्व बिकासको क्षेत्रमा क्रियाशिल रहदै आएको नुवाकोट जेसिजले खेलाडीहरुलाई खेल कौशलतामा निखारता ल्याउन प्रोत्शाहन स्वरुप सम्मान गरेको नुवाकोट जेसिज बर्ष २०२१ का शाखा अध्यक्ष अञ्जली पाण्डेले बताउनु भयो ।

प्रथम शिबपुरी अध्यक्ष गोल्डकप प्रतियोगितामा बिदुर नगरपालिकाको टिम प्रथम भएको थियो । नुवाकोटको १२ वटै स्थानिय तहको सहभागीतामा सम्पन्न भएको प्रतियोगिताको अन्तिम खेल बिदुर नगरपालिका र आयोजक शिबपुरी गाँउपालिका बिचमा प्रतिष्पर्धा भएको थियो । प्रतियोगितामा बिदुर नगरपालिकाले ४ गोल अन्तरले शिबपुरी गाँउपालिकालाई पराजित गरेको थियो । खेलमडीहरुको खेल कौशलतामा बृद्धि गर्ने, नयाँ खेलाडी उत्पादन गर्ने र खेलकुद मार्फत पर्यटन प्रबद्धन गर्ने साझा उदेश्यलाई सम्मान गर्दै नुवाकोट जेसिजले बिजयी टिमलाई सम्मान गरेको हो ।
नुवाकोट जेसिज वर्ष २०२१ ले आयोजना गरेको खेलाडी सम्मान तथा नयाँ बर्ष २०७८ को शुभकामना आदानप्रदान कार्यक्रम गर्दे खेलाडीहरुलाई सम्मान गरेको हो । सबै खेलाडी, टिम कोच तथा म्यानेजरलाई नुवाकोट जेसिजले प्रमाण पत्र सहित सम्मान गरेको छ ।
यसै अबसरमा बिदुर कर परामर्श केन्द्र बिदुरका सञ्चालक दिनेशकुमार श्रेष्ठले प्रतियोगितामा उत्कृष्ट गोलकर्ता आकासराना मगरलाई नगद १० हजार रुपैयाँ सहित सम्मान गर्नु भएको छ । शिवपुरी गोल्डकप प्रतियोगितामा सर्वाधिक गोलकर्ताको उपाधी चुम्न सफल रानामगरलाई नगद १० हजार पुरस्कार राशीले सम्मान गरिएको विदुर कर परामर्श केन्द्रका प्रबन्धक दिनेशकुमार श्रेष्ठले जानकारी दिनु भयो ।
रानामगरले विदुर नगरपालिकाबाट प्रतिनिधित्व गर्दै आफ्नो टिमलाई प्रथम स्थान हासिल गराउन महत्वपूर्ण योगदान गर्नुभएको थियो । साथै उहाले प्रतियोगितामा एक वटा ह्याट्रिक र दुई वटा “म्यान अफ दि म्याच” उपाधी समेत दहासिल गर्नुभएको थियो । उहाँले प्रतियोगिता भर आठ गोल गर्नुभएको थियो ।
नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्कीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नुवाकोट जेसिजले शिवपुरी गोल्डकपमा विजयी विदुर नगरपालिका टिमका सम्पूर्ण खेलाडीहरु तथा टिम कोच देवनारायण चित्रकारलाई माला लगाई र प्रशंशापत्र प्रदान गरि सम्मान गरिएको हो ।



तपाईको प्रतिक्रिया