Techie IT
×
गृहपृष्ठअन्तर्वार्ताब्यबसायिको मर्का राज्यले सुनेन

ब्यबसायिको मर्का राज्यले सुनेन


कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलन नदिन सरकारले गरेको लकडाउनका कारण होटेल व्यावसाय धाराशायी बन्दै गएको छ । पहिलो चरणको लकडाउन पछी केहि माथी उड्दै गरेको होटल तथा पर्यटन क्षेत्र अब उठ्नै नसक्ने अबस्थामा पुग्न लागेको छ । लाखौँ , करोडौ रुपैयाँ लगानी गरेको होटल र पर्यटन क्षेत्रलाई राज्यले समेत उपेक्षा गर्न थालेको छ । ब्यबसायिहरुको सामान्य मागलाईसमेत राज्यको संयन्त्रले बेवास्ता गर्छ । यसले गर्दा आफ्नो भएको जायजेथा होटल तथा पर्यटन क्षेत्रमा डुबाएर ब्यबसायिहरु बिचल्लिमा पुग्ने भएका छन् । यो अबस्थामा राजयले एक पटक ब्यबसायिहरुको पिर मर्का के छ भनेर बुझ्नु पर्दैन र होटल तथा पर्यटन व्यावसायी संघ बाग्मती प्रदेशका अध्यष सन्तोष उप्रेती ।

होटल तथा पर्यटन क्षेत्र बन्द भएर उठ्नै लागेको समयमा फेरी सुरु भएको निषेधाज्ञाले कस्तो असर परिराछ ?
सामान्यतया भन्दा व्यापार व्यवसाय खस्किदै गएको अवस्थामा यतिबेला सरकारले गरेको लकडाउनको ठूलो मारमा होटल तथा पर्यटन व्यावसायीहरु परेका छन् । कतिपयको होटल व्यावसायबाट नै पलायन हुनु पर्ने अवस्था आएको छ । कतिपयले ऋणधन गरेर जिनतिन अहिले सम्म ब्यबसाय जोगाईरहेका छन् । ऋण गरेर व्यावसाय संचालन गर्नेहरुको यतिबेला ऋणले ढाड सेकेको छ तर त्यसतर्फ राज्यको ध्यान जान सकेको छैन । ऋणको व्याज तिरि रहनु पर्छ, व्यावसाय संचालन हुन सकेका छैनन कसरी व्यावसायीले बैंकको किस्ता र व्याज बुझाउने । यसतर्फ सरकार र बैंकिङ निकायको ध्यान जानु पर्ने र निश्चित समयका लागि सहुलियतका प्रबन्ध मिलाउनु पर्नेमा हाम्रो त समस्यानै हैन जस्तो गरि राज्यका निकाय मौन छ । व्यावसाय संचालन नभएको अवस्थामा भाडा छुट र अन्य सहुलियतको प्रवन्ध मिलाउन जरुरी छ । आज समस्या परेको समयमा ब्यबसायिहरुलाई राज्यले जोगाएपो भोली तिनै ब्यबसायिहरुले गर्भका साथ कर तिर्न आउछन् ।
होटलहरु यतिबेला धाराशायी भएको अवस्था सरकारलाई छर्लङ छ तर पनि सरकार होटल व्यावसाय सञ्चालनको प्रबन्ध मिलाउनतर्फ लागि नपर्नु व्यावासायीहरुको लागि दुर्भाग्य हो । व्यावसायीहरुले व्यावसायबाट कि त हात नै धुनु पर्ने अवस्था छ कि त राज्यलाई घचघच्याएर व्यावसाय संचालन गर्ने उचित प्रवन्ध मिलाउनुको अरु विकल्प छैन् । राज्यको पनी त्यहि हो । कि ब्यबसायिलाई घर जा भन्नु पर्छ, कि सहुलियत दिएर ब्यबसाय टिकाउ भन्नु हो । ब्यबसाय पुर्ण रुपमा बन्द गर्नु पर्छ, संक्रमणको दायराबाट बच्नु पर्छ, राखेका कर्मचारीहरुलाई महिना नमर्दै तलब भक्ता दिनुपर्छ । आज तलब नदिए भोली बजार खुले पछी काम गर्न को आउछर । समस्या छ भन्दैमा कर्मचारीलाई मार्नु भएन । राज्यले होटल तथा पर्यटन क्षेत्रको लागी बिशेष ढङगले सोच्ने बेला आएको छ । जोखिमबाट बच्दै व्यावसाय संचालन गर्ने आधार तयार बनाएर होटल तथा पर्यटन ब्यबसायलाई सहजिकरण गर्नु पर्छ ।

 

कोरोना संक्रमण रोकथामको लागी अर्को बिकल्प पनी त छैननी हैनर ?
निषेधाज्ञा छ, उध्योग ब्यवसाय बन्द छ, रोगको संक्रमण बढदो छ, सेवा सुबिधा कमजोर छ, हामी सबै मिलेर यो महामारीबाट उम्कनुपर्छ कोरोनालाई जित्नुपर्छ यसमा हामी सम्पुर्ण ब्यवसायिक जगतको साथ र सहयोग रहनेछ । तर सबै क्षेत्र ठप्प पारेर मात्रै कोरोनालाई जितिन्छ भन्ने तहोईननी । संक्रमणलाई रोकथाम तथा न्युनिकरण गर्ने अभियानमा त हामि राज्यसँगै छौँ नी र राज्यले भनेका सबै आदेशलाई हामिले अहिले सम्म अक्षरसं पालना गर्दै आएका छोँ । हामी सरकारलाई सहयोगी भुमिका निभाउन तयार छौ तर । हाम्रो समस्या पनी राज्यले बुझिदेओस भन्ने हो । यो समय अनलाईनबाट भए पनि कर बुझाउ, राजस्व बढाउ भन्नू कक्तिको जायज होला । यो समयमा सरकारबाट कर छुटको बैकल्पिक उपाय ननिकाल्नु, बैंकहरु दिन प्रतिदिन नाफा तिर अग्रसर हुनु र बन्दको समयको ब्याजको विषयमा सम्बोधन नहुनु, ब्यवसाय कर, घरबहाल, मजदुरको तलब जस्ता समस्यामा चासो नराख्नु राज्यको प्रष्ट कमजोरी हो । यो माथी भनेका बिषयहरुलाई केहि मात्रामा माधै त्रने पनी राज्यले सहजिकरण गरिदिने हो भने होटल तथा पर्यटन ब्यबसायिहरु उकासिन सक्छन् । हामिले सबै मिनाहा गरिदेउ भनेको त होईन नी । केहि बिषयमा छुट देउ, केहि बिषयमा सहजिकरण गरिदेउ, केहि बिषयमा केहि समय देउ न भनेको हो । सहज रुपले गर्न सकिने माग छन हाम्रा । तर त्यस तर्फ राज्यको चासो नै रहदैन । पैसा सापटी दिने मान्छेले त केहि समय है अफ्ठ्यारो प¥यो भन्दा समय दिन्छ । बैङक भनेको त राष्ट्र बैङकले नियमन गर्छ । ब्यजदरमा छुट र केहि समय देउ भन्यो भने बैङकहरुले नमान्ने कुरै छैन् । बैङकर्सहरुले नै सहुलियत दिनुपर्छ भन्दै आएका छन् । बस त्यसलाई एयटा मोडालिटि तयार पार्नु न हो । त्यति गर्ने तर्फ समेत ध्यान जान सकेन यो नै हामि ब्यबसाियहरुको बिडम्बना हो ।

 

यस भन्दा अगाडी मौद्रिक निति मार्फत केहि सम्बोधन गरेको होईन र ?
पहिलो लकडाउन पछिकै कुरा गरौँ न, राष्ट्र बैङकले के के न गर्ला जसरी मौद्रिक निति जारि ग¥यो । अब त केहि होला हाम्रा ब्यबसायिहरु बाँच्ने भए भनेको त । के को हुनु । मौद्रिक निति जारी गरेर मात्रै कहा भयो र कार्यान्वयन तर्फ खैत जोड दिएको । त्यो मौद्रिक नितिमा समाबेस भएका बिषयहरु मात्रै कार्यान्वयन भएको भए मात्रै पनी हाम्रा ब्यबसायिहरुको यो रुवाबासि चल्ने थिएन । तपाई एक पटक ठुलो लगानी गरि पर्यटन क्षेत्रमा भर्खरै लागेकाहरुको हालत हेर्नु त । उनिहरु सामाजिक बहिस्कारको पात्र बन्न थालेका छन् । हिजो त्यहि समुदायमा ब्यबसायिको नामले चिनिएकाहरु अहिले बेमानी बन्न थालेका छन् । हरेक दिन पत्रिकामा तिनै ब्यबसायिको तिनपुस्ते नामावली सहित धितो लिलामिको सुचना प्रकाशित हुन्छ । त्यो सुचना हेर्ने ब्यक्तिले त्यो ब्यबसायिलाई हेर्ने नजर कस्तो होला । हाम्रो समुदाय त्यहि हो । उरालो लाग्या मृगलाई बाछाले खेद्छ भने झै । अनि यसको हालत के होला तपाईले एक पटक ब्यबसायि भएर सोच्नुस त ।

 

यि समस्याको समाधान के त त्यसो भए ?
हो, जहाँ समस्य त्याहाँ समाधान हुनछ । सबै भन्दा पहिला समस्यालाई बुझ्न पर्छ । समस्या कोरोना भाईरस होईन । त्यसको जोखिम चाँहि समस्या हो । जोखिम कसरी कम गर्ने भन्ने तर्फ जोड दिनु पर्छ । ब्यबसाय सञ्चालन गर्दैमा जोखिम बड्ने होईननी । सुरक्षित उपायहरुपनी छन । त्यसलाई उपयोग गरेर सबै ब्यबसायिहरुलाई सहज बनाउने वातावरण तयार पार्नुप¥यो । तसर्थ यी समस्याको विषयमा सरकारको गम्भीरता रहोस र आगामी बजेटमा यस्ता समस्याको बिसयमा सम्बोधन होस ।
होटल व्यवसायीहरुले घरभाडामा ५० प्रतिशत छुटको व्यवस्था गर्न र घरभाडा छुट दिने घरधनीको बैंक ऋणको ब्याजमा सहुलियत दिने निति ल्याउनु प¥यो । यस्तै लकडाउन खुलेपछि पनि तत्काल होटल सञ्चालन नहुने भएकाले बिजुली पानीको महसुलमा छुट दिनुपर्ने, टेलिफोन, इन्टरनेटमा सहुलियत दिनुपर्ने, एकवर्षको व्यवसाय कर तथा राजस्वमा छुट गर्नुपर्ने, बैंकको ऋण र ब्याज भुक्तानी गर्ने अवधि केहि समय थप्नुपर्ने, सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराउनुपर्ने, लगायतका बिषयहरु बजेटमा समाबेस गर्नु प¥यो ।
र अन्त्यमा । व्यवसायीहरुलाई तीन वटै तहका सरकारले पर्यटन व्यवसायसँग सम्बन्धित राजस्व सम्बन्धी नीति नियम तर्जुमा गर्दा महासंघ मातहतका निकायहरुको प्रतिनिधित्व पनी राउनस पर्छ । र पो ब्यबसायिहरुको समस्या अनुसारको कर तय हुने छ ।
होटल तथा पर्यटन ब्यबसायि संघ बाग्मती प्रदेशका अध्यष सन्तोष उप्रेतीसँग गरएको कुराकानी ।



तपाईको प्रतिक्रिया