Techie IT
×
गृहपृष्ठप्रदेशबाग्मती प्रदेशनुवाकोट समाज जापानको त्रिशुली अस्पताललाई सहयोग

नुवाकोट समाज जापानको त्रिशुली अस्पताललाई सहयोग


बिदुर/नुवाकोट समाजर जापानले त्रिशुली अस्पताल नुवाकोटलाई आईशियु बेड सहित १६ लाख रुपैयाँको स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ ।
बिदुर नगरपालिका मार्फत समाजले आईशियु बेड ३ वटा, ३ थान मोनिटर, अक्सिमिटर, सिरिञ्ज म्पि, पिपिई सेट र मास्क उपलब्ध गराएको हो । बिभिन्न जिल्लाबाट जापानमा अध्ययन र रोजगारिको शिलशिलामा रहेका युवाहरुको शक्रियतामा संकलित रकमले स्वास्थ्य सामाग्री खरिद गरि त्रिशुली अस्पताललार्ई नगरपालिका मार्फत उपलब्ध गराएको नुवाकोट समाज जापानका सल्लाहाकार राजेन्द्र अधिकारीले बताउनु भयो ।
तिन वटा जिल्लाका नागरिकहरुलाई उपचार सेवा उपलब्ध गराउदै आएको त्रिशुली अस्पताललाई रोजगारि तथा अध्ययनमा रहेका ब्यक्तिहरुले सामाजिक उक्तरदायित्व अन्तर्गत संकलन गरेको रकमको सहि सदुपयोग गर्न त्रिशुली अस्पताललाई उहाँले आग्रह गर्नु भएको छ ।

नुवाकोट समाज जापानबाट उपलब्ध सामाग्री त्रिशुली अस्पताललाई उपलब्ध गराउदै बिदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले बैदेशिक क्षेत्रमा पुगेका ब्यक्तिहरुको रगत र पसिनाबाट संकलन भएको स्वास्थ्य सामाग्रीबाट नुवाकोट, रसुवा र धादिङका नागरिकहरुले उपचार सेवा पाउने बताउनु भयो । कोरोना भाईरसबाट संक्रमित भएकाहरुको उपचारको लागी अत्याबश्येक रहेको आईशियु बेड र स्वास्थ्य उपकरणहरुको सहयोगले त्रिशुली अस्पतालमा सहयोग पुगेको बताउनु भयो ।

नुवाकोट समाज जापानमा आबद्ध रहेका बिभिन्न १ सय २० जना ब्यक्तिहरुले संकलन गरेको रकमबाट स्वास्थ्य सामाग्री खरिद गरेको हो । त्रिशुली अस्पताललाई नुवाकोट समाज जापानले झण्डै २० लाख रुपैयाँ बराबरको सामाग्री उपलब्ध गराएको छ ।

 

स्वास्थ्य सामाग्री र उपकरण उपलब्ध गराउदै नुवाकोट समाज जापान/केहि तस्बिरहरु

 

 

 

 

 



तपाईको प्रतिक्रिया