Techie IT
×
गृहपृष्ठप्रदेशबाग्मती प्रदेशनिषेधाज्ञाको उलङघन, प्रशासन मौन

निषेधाज्ञाको उलङघन, प्रशासन मौन

निषेधाज्ञाको समयमा प्रहरी र प्रशासनमा पँहुच पुग्ने ब्यबसायिहरुले मात्रै सार्बजानिक सबारी सञ्चालन गर्नु, तोकिए भन्दा बढि भाडादर असुल्नु र नियामक निकाय मौन बस्नुले नियोजित


बिदुर/जिल्ला प्रशासन कार्यालय नुवाकोटले जारी गरेको निषेधाज्ञाको उलङघन गर्दै सार्बजानिक यातायातका साधनले आफुखुसी भाडा असुल्दै यात्रु बोक्न थालेका छन् ।
साउन १० गते सम्म सार्बजानिक यात्रुबहाक सबारी साधन सञ्चालन गर्न नपाउने प्रशासनले निर्देशन गरेको छ । नुवाकामेटमा कोरोना संक्रमणको अबस्था न्युनिकरण नभएको बताउदै कोभिड १९ जिल्ला संकट ब्यबस्थापन केन्द्रको सिफरिसमा साउन १० गते सम्म निषेधाज्ञा जारी गरेको थियो । तर प्रशासनको निर्देशनलाई उलङघन गर्दै सार्बजानिक सबारी साधनहरुले मनलाग्दी भाडादर असुल्दै यात्रुहरु बोक्न थाले पनी प्रशासन मुकदर्शक बनेर बसेको छ ।
नुवाकोट हुँदै काठमाण्डौ तथा छोटो दुरीमा सञ्चालन भैरहेका सबारीहरुले यात्रुको मुख हेरेर भाडा माग्ने गरेका छन् । संघीय सरकारले राष्ट्रिय स्तरमा अन्तरप्रदेश चल्ने सवारीको २८ प्रतिशतसम्म भाडा बढाएको भएपनि यातायात व्यवसायीले आफुखुशी मनलाग्दो भाडा बढाएका हुन् ।
यातायात व्यवस्था विभागले लामो दूरीमा मात्रै भाडा बढाएको र स्थानीय तथा प्रादेशिक स्तरका रुटमा सम्बन्धित स्थानीय तह र प्रदेशले नै भाडा बढाउन सक्ने बताउँदै आएको छ । तर, अहिलेसम्म कुनै पनि प्रदेश र स्थानीय तहले भाडा वृद्धिको निर्णय नलिएको अवस्थामा नुवाकोटका यातायात व्यवसायीहरुले आफुखुशी भाडा बढाएका हुन् ।
अहिले नुवाकोटबाट काठमाण्डौ पुगेको भाडादर ५ सय रुपैयाँ सम्म तिर्नुपरेको सर्वसाधारणले गुनासो गरेका छन् । सम्बन्धित स्थानिय निकाय र जिल्ला प्रशासन कार्यालयको अनुमति बेगर अहिले जिल्लाको विभिन्न स्थानिय रुटमा चल्ने सार्वजनिक यातायातले पनि भाडा बढाएका छन् ।
नुवाकोटदेखि काठमाण्र्डौसम्म यसअघि यात्रुबहाक डिलक्स बसले २ सय रुपैयाँ र एसीसहितको वसले ३ सय २० रुपैयाँ लिने गरेको भएपनि अहिले सबै यात्रुवाहक वसले कोरोना भाइरसको कारण देखाउँदै ५ सय रुपैयाँ असुल्ने गरेको यात्रुहरुले गुनासो गरेका छन् । यता, यातायात व्यवसायीहरुले कोरोना भाइरसबाट आफुहरुले धेरै क्षति ब्यहोरेको भन्दै स्वास्थ्य सर्तकता अपनाउँदै आफुहरुले सवारी चलाएको र सिट क्षमताभन्दा कम यात्रुहरु राखेको भन्दै साविक भन्दा केही बढी भाडा लिएको बताउँछन् ।
यात्रुवाहक वसले बढी भाडा लिने गरेको गुनासो आम सर्वसाधारणहरुले गरेपनि जिल्ला प्रशासन कार्यालय नुवाकोट र जिल्ला ट्राफिक कार्यालय मौन बसेको छ । एक त हाल नुवाकोटमा कोरोना संक्रमणका कारण निषेधाज्ञा जारी रहेको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोट आफैले आदेश जारी गर्दै सार्बजानिक सबारी सञ्चालन पुर्ण रुपमा रोक लगाएको छ । तर, प्रशासनकै आदेशको उलङघन गरि सञ्चालनमा रहेका सबारी साधनहरुले बडि भाडा उठाएको गुनासो आउदा समेत प्रशासन मौन बस्नुले अर्को अर्थ लाग्न थालेको छ ।
निषेधाज्ञाको समयमा प्रहरी र प्रशासनमा पँहुच पुग्ने ब्यबसायिहरुले मात्रै सार्बजानिक सबारी सञ्चालन गर्नु, तोकिए भन्दा बढि भाडादर असुल्नु र नियामक निकाय मौन बस्नुले नियोजित प्राय देखिन थालेको छ ।
प्रदेश र स्थानीय तहले अझै नयाँ भाडादर नतोकिसकेकाले यसरी भाडा बढाउनु अवैध भएको यातायात व्यवस्था विभागले जनाएको छ । यातायात व्यवस्था विभागले आफूले गरेको भाडा समायोजनलाई नै आधार मानी प्रादेशिक यातायात अन्तर्गत एकै प्रदेशभित्र सञ्चालन हुने वा स्थानीय तहभित्रका रुटहरुमा सञ्चालन हुने सार्वजनिक सवारीहरुले समेत सोहीअनुसार भाडा वृद्धि गरेको प्रति गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमार्फत नै जनाएको छ ।
‘प्रादेशिक सार्वजनिक यातायातको हकमा सम्बन्धित प्रदेश सरकार र स्थानीय सार्वजनिक यातायातको हकमा स्थानीय सरकार वा सम्बन्धित निकायबाट समायोजन नभएसम्म साविक बमोजिमकै भाडादर लागू गर्न बिभागले निर्देशन गरेको छ । यता, यातायात ब्यबसायिहरुले भने लामो समयदेखि आह्वान गरिएको लकडाउनका कारण आफुहरुको व्यवसाय मारमा परेको भन्दै यातायात व्यवसायीहरुले स्वतस्फुर्त रुपमा सवारीसाधन संचालन गर्न थालेको जनाएको छ ।
प्रशासनको चरम लापरवाहीको कारण जिल्लामा निषेधाज्ञाको समयमा समेत निर्वाध रुपमा बजार क्षेत्रका पसल तथा सवारीसाधन चलेपछि यातायात व्यवसायीहरुले सवारीसाधन संचालन गरेको बताएका हुन् । जिल्लामा लामो तथा छोटो दुरीका सवारीसाधन संचालन भएसँगै बजार क्षेत्रमा सर्वसाधारणहरुको चहलपहल बढेको छ ।
नुवाकोटमा हालसम्मको कोरोना संक्रमितको संख्या ६ हजार पुगिसकेको छ भने कोरोना भाइरसको संक्रमणबाट ३७ जनाको मृत्यु भैसकेको छ । अहिले नुवाकोटमा शक्रिय संक्रमितको संख्या ५ सय ४८ रहेको छ ।



तपाईको प्रतिक्रिया