Techie IT
×
गृहपृष्ठप्रदेशबाग्मती प्रदेशनुवाकोटमा ४ सय ३५ नक्कली भूकम्पपीडित

नुवाकोटमा ४ सय ३५ नक्कली भूकम्पपीडित


दोहोरो भुक्तानी लिएका नुवाकोटका ४ सय ३५ नक्कली भूकम्पपीडितले रकम फिर्ता गरेका छन ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन इकाइको तथ्यांकअनुसार दोहोरो सुविधा लिएका र स्वेच्छाले रकम फिर्ता गर्नेको संख्या ४ सय ३५ रहेको छ । यसै गरी भूकम्पबाट क्षति भएका २२ जिल्लाहरुका नक्कली भूकम्पपीडितबाट ११ करोड ८० लाख रुपैयाँ फिर्ता भएको इकाइका आयोजना निर्देशक गणेशराज वस्तीले जानकारी दिनु भयो । दोहोरो सुविधा लिएका र स्वेच्छाले रकम फिर्ता गर्नेको संख्या २ हजार १ सय ५० रहेको वस्तीले जानकारी दिनु भयो ।
उहाँका अनुसार केहीले भने स्वेच्छाले समेत रकम फिर्ता गरेका छन । कात्तिक १४ सम्मको तथ्यांकअनुसार पहिलो किस्ताबापतको रकम फिर्ता गर्नेको संख्या २ हजार ३८, दोस्रो ४६ र तेस्रो किस्ता फिर्ता गर्ने ६ जना छन ।
रसुवामा पहिलो किस्ता फिर्ता गर्ने ७ र दोस्रो किस्ता फिर्ता गर्ने ११ जना छन ।



तपाईको प्रतिक्रिया